New templates on your Email

ग्लोबल आइएमई बैंकको गैंडाकोट शाखा कार्यालयको औपचारिक उद्घाटन

१६ पुस, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबार नवलपरासी बर्दघाट सुस्ता-पूर्व जिल्लाको गंैडाकोट स्थित शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

गैंडाकोट र त्यस वरपरका बासिन्दालाई सेवा पुर्‍याउने उद्देश्यले खोलिएको शाखाको माननीय प्रदेश सांसद श्री कृष्ण चन्द्र नेपालीज्यूले औपचारिक समुद्घाटन गरे ।

उक्त शाखाको औपचारिक उद्घाटन गर्दै सांसद नेपालीले गैंडाकोट लगायत देशका अन्य गाँउपालिकाहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताए ।

त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि एवम् गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेललेे बैंकले गैंडाकोटको आर्थिक समृद्धिमा थप सहयोग गरेको बताए ।

यसैगरी ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो क्षेत्रमा जम्मा भएको रकम सोहि क्षेत्रमा प्रयोग गर्ने बताए । आफूहरु सधैँ आर्थिक समृद्धिको लागि अगाडि बढ्ने भन्दै साझेदारीको सिद्धान्तलाइ अंगिकार गर्न लागि पर्ने बताए ।

साथै गैंडाकोट र वरपरका क्षेत्रलाई इन्भेष्टमेन्ट हवको रुपमा स्थापित गर्ने लक्ष्य रहेको पनि बताए । ग्लोबल आइएमई बैंक सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्धेश्य रहेको बताए ।



Rabindra Ghimire

Post a Comment

0 Comments