New templates on your Email

प्रत्यक्ष वैदेशिक लगानी विस्तारमा उद्यमीद्वारा श्रीलंका राजदतलाई आग्रह

१६ पुस, काठमाडौं । नेपालस्थति श्रीलंका राजदूतवास र नेपाल श्रीलंका चेम्बर अफ कमर्श एण्ड इन्ड्रष्टिजको संयुक्त तत्वावधानमा नेपाल र श्रीलंकाबीचको आर्थिक सम्बन्ध विस्तारका बिषयमा छलफल केन्दि्रत गरिएको छ ।

नेपाल र श्रीलंकाबीच दौत्य सम्बन्ध कायम भएको ६१औं वर्ष गाठ कोअवसरमा नेपाली उद्यमी व्यवशायी र श्रीलंका राजदुतावासका बीच कसरी दुई देशिय सम्बन्धलाई आर्थिक हिसावले घनिभूत गर्न सकिन्छ र लगानीलाई दुवैतर्फ कसरी आकिर्षत गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।

कुटनितिक सम्बन्धलाई अझ गाढा बनाउदै मुलुकको समृद्धि र विकासलाई आर्थिक क्रियाकलापको माध्यमबाट अझ नजिक बनाउनुपर्दछ भन्ने अभिप्रायले २००६ मा द्विराष्ट्रिय उद्योग वाणिज्य संघको रुपमा नेपाल श्रीलंका चेम्वर अफ कर्मश एण्ड इन्ड्रटिष्ज गठन भएको हो ।

संघ गठन पश्चात द्धिपक्षिय लगानी अभिवृद्धीका सन्र्दभमा दुवै देशका उद्यमी व्यवशायीहरु बीच संयुक्त लगानी परियोजनाहरुमा काम अधि बढाइएको नेपाल श्रीलंका उद्योग वाणिज्य संघका अध्यक्ष रमेश महर्जनले बताए ।

उनले नेपाल र श्रीलंकाबीच द्धिपक्षीय संयुक्तलगानीका प्रशस्त सम्भावनाहरु रहेको बताए । खासगरी चिया, जडिवुटी, पत्थर, सिफुड, शिक्षा, पर्यटन, जलविद्युत लगायत थुप्रै क्षेत्रहरु रहेका छन् ।



Rabindra Ghimire

Post a Comment

0 Comments