New templates on your Email

कांग्रेस, मेलमिलाप र महासमिति

नेताको काम समूहको अघिअघितिर हिँड्ने मात्र होइन, गन्तव्य स्थलतिर मार्गदर्शन गराउनु पनि हो– वीपी कोइराला ।

वीपी कोइराला केही समय जीवित रहनुभएको थियोे भने नेपालले विकासमा राम्रो फड्को मारेको हुने थियो । नेपाल र नेपालीले गुमाएको कुरा पनि यही हो । नेपाली जनतालाई एकदमै माया गर्ने महामानव वीपी कोइरालालाई हामी विभिन्न कोणहरुबाट बुझद्छौं । वीपीका कृतिहरु अध्यन नगर्ने सायदै छन् । अहिलेको समयमा वीपीका साहित्यिक कृतिहरु अजर छन् ।

सुरुसुरुमा वीपी कम्युनिस्ट विचारबाट निकै प्रभावित भएका थिए । तर, उनलाई त्यो विचारले सधै प्रभावित गर्न सकेन । स्टालिन सत्ताको खेलमा तत्कालीन समयमा धेरै रगतको खोलो बगाए । त्यसपछि वीपी लाई कम्युनिस्ट प्रती सदा नकारात्मक विचार उत्पन्न भयो । र, पछि आफ्नो जीवनकालमा कहिले पनि कम्युनिस्टसँग सहकार्य गरेनन् । अंग्रेजलाई भारत छोड आन्दोलनमा वीपी कोइराला जेलमा परे । विश्व राजनीति उनको चर्चा हुन थाल्यो । नेपाल, भारत संसारभर वीपीको प्रसंशा हुँदै गर्दा गान्धी पनि महामानव वीपीका प्रशंसक हुन पुगे ।

गणेशमान सिंह भन्नुहुन्थ्यो, राजनीतिका अवसरवादीहरु देश र पार्टीलाई पर्ने अप्ठ्यारो परिस्थितिमा कुलेलम ठोक्छ्न । तर, वीपी कोइरालालाई देश जनता र माटोप्रतिको मायाले सधैं आकर्षित गरिरह्यो । भारतमा प्रवासी जीवन बिताइरहँदा वीपीमा देश र आमा, माटोको मायाले स्वतन्त्रताका निम्ति आत्म त्यागको चेतना जागृत भयो ।

राजा महेन्द्र सत्तामा थिए । बहुदल प्रतिवन्धित थियो । वीपी देश नेपाल फर्कन चाहान्थे । नेपालमा प्रजातन्त्र स्थापना गर्ने उनको सपना थियो । जब गणेशमानलाई आफू नेपाल फर्कने कुरा सुनाए, तव गणेशमानले वीपीलाई सम्झाए कि नेपाल फर्कनु भनेको आत्महत्या गर्नु बराबर हो । तर, नेपाली जनता सधंै स्वतन्त्र रहनुपर्छ भन्ने चाहले उनी फर्किए । जेल जीवन सुरु भयो ।

भारतमा रहँदा भारतीयहरुले वीपीलाई राजाको मान्छेको रुपमा चित्रण गर्थे र नेपालमा हुँदा राजा र कम्युनिस्टहरुले भारतको मान्छे भनेर चित्रण गरे । तर भारत र नेपाल दुबै देशका जनताको मुक्तिको निम्ति लडेर आफुलाई विश्वमानव प्रमाणित गरिदिए । एकअर्काप्रति सहयोगि भाव हुनुपर्छ । मेलमिलापविना अथवा एकताविना संसार जित्न असम्भव छ ।

महामानव वीपीले मेलमिलापको निति मार्फत नेपालमा प्रजातन्त्र स्थापना गर्न सफल हुनुभएको थियो । यसरी अहिले हामी महामानवको पार्टीमा बसेर के उनकै बाटो पछ्याउँदै छौ त ? आयौं फेरि हामी मेलमिलापको बाटोमा अघि जाऔ ।

कांग्र्रेस शब्दको सौन्दर्य भनेकै विविधतामा एकता हो यथार्थ महामानव वीपी कोइरालाले भनेजस्तै मेलमिलाप नीति हो । राजनीतिको राजा हटाएर नीति शब्दमात्र राख्दा त्यसमा एकता अर्थात मेलमिलाप जोडेर वीपी कोइरालाले तत्कालीन राजासँगसँगै अगाडि जाऔं भन्दा मेलमिलाप हुन सकेन । अन्ततः राजतन्त्र नै मासिएर गयो ।

एक हुन नसक्दा हामी विलय भएर जान्छौं, यो प्रष्ट नै छ । एकता बल हो, शक्ति हो । हामवीच अनेकन मतमतान्तर हुन सक्छन् । तर, जनताको भलो चिताउने कुरामा हाम्रो सबैको एक मत छ । सबै पार्टी जनताका सेवक हुन, मालिक होइनन् । हामी नेपाली काङ्ग्रेस पार्टी भित्र हामी पदको निम्ति तछाडमछाड गरेर लागि रहेका छौ, जनताका आम मुद्दाहरु त्यतिकै छन् । सरकार तानाशाह भएर अगाडि आउदै छ । के कांग्रेसले जनताका मुद्दामा बोल्यौ त ? काङ्ग्रेसका नेता कार्यकर्ता सेवक हुने कि मालिक ? सोच्ने बेला आइसकेको छ ।

कांग्रेसले पदको निम्ति आन्तरिक प्रतिस्पर्धा गरून् त्यसले तात्विक अर्थ राख्दैन । जब, सिद्धान्तमा विचलन हुन्छ, त्यसपछि अस्तित्वमा ह्रास आउन थाल्छ । सबैको विचार समेट्दै एक भएर अघि बढनु आज आवश्यकता हो । वीपी को मेलमिलाप भनेकै यही हो ।

हालै कांग्रेस महासमिति बैठक सम्पन्न पनि भएको छ । देशभरबाट काठमाडौंमा भेला भएका महासमिति सदस्यहरुले जिल्ला फर्कंदा के सन्देश बोकेर गए ? राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा यसले कस्तो महत्व पायो ? यो कांग्रेस को भेलाले जनताको पक्षमा के वकालत गर्‍यो ? पार्टीभित्रको आन्तरिक कलहलाई कसरी व्यवस्थापन गर्‍यो ? गत निर्वाचनहरुको समीक्षा कसरी गर्‍यो ? यावत प्रश्न अझै अस्पष्ट छन् । तथापि केही दिन बैठक लम्याएर भए पनि केही राम्रो सन्देश दिएको छ । आफ्नो घरमा पहिला बलियो बनाउनुपर्छ भन्ने कुरामा नेताहरु एक भएका देखिन्छन् । मेलमिलापको नीति पहिला आफ्नो घरमा लागू गर्नुपर्ने रहेछ भन्ने चेतन पनि जागेको देखिन्छ ।

लोकतन्त्रको संस्थागत विकासमा सत्ताधारी दलको सरकारसँगै विपक्षी दलको स्थान र भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । तर, वर्तमान कम्युनिष्ट सरकार दुईतिहाई बहुमतको दम्भमा विपक्षी दलहरुको भूमिकालाई गौण गर्न खोज्दैछ । यो सरकार प्रमुख विपक्षी दल र अन्य दलहरुले उठाएका राष्ट्रिय सरोकारका मुद्दा र जन–सरोकारका विषयहरु, संवैधानिक व्यवस्था र कानूनी व्यवस्थाका प्रावधानहरु पालन गर्न उठाइएका विषयहरुलाई घोर उपेक्षा गर्दैछ ।

प्रमुख विपक्षी दलको हैसियतले कांग्रेसले यो सरकारको अधिनायकवादी आकांक्षा पूरा हुन नदिने अठोटका साथ महासमिति बैठक महत्त्वपूर्ण संकल्प गरेको छ ।

धार्मिक स्वतन्त्रता, एक अर्काको धर्मप्रति सम्मान र धार्मिक सहिष्णुता र समभावमा विश्वास गर्दै कसैको पनि धर्म परिवर्तन गराउने वा अर्को धर्ममा खलल गर्ने काम वा व्यवधान गर्नु दण्डनीय हुनेछ भन्ने संविधानको व्यवस्थालाई अक्षरसः कार्यान्वयन हुनुपर्छ भन्ने कुरामा विश्वास गरेको पाइन्छ ।

केही समय अगाडि नेपालमा धर्म प्रचारमा संलग्न एउटा विवादास्पद अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अन्तर्राष्ट्रिय सम्मेलन प्रधानमन्त्रीको नेतृत्वमा सरकारको प्रत्यक्ष सहभागिता, सहयोग र संरक्षणमा सम्पन्न गरिएकोप्रति महासमिति बैठकले गम्भीर ध्यानाकर्षण गराएको छ

(पाण्डे नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष हुन्)



Binod Dhakal

Post a Comment

0 Comments