New templates on your Email

नेपाल इन्भेष्टमेण्ट बैंकको भिसा कार्ड लोयल्टी योजना

१६ पुस, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा बैंकका भिसा कार्ड सञ्जालसँग आवद्ध रहेका १४ वटा बैंकहरु र भिसाको संयुक्त सहकार्यको रुपमा भिसा कार्ड लोयल्टी प्रोग्राम २०१९ सनडे फनडे र वाह् ओईनस्डे गरी दुुई भिन्न प्रकारको योजना सार्वजनिक गरेका छन् ।

सनडे-फनडे अन्तर्गत यी बैंकका भिसा डोमेस्टिक कार्ड वाहकहरुले हरेक आईतबार देशभरका पोसहरुमा सामान तथा सुविधा खरिद गर्दा भिसा डेविट, पि्रपेड वा क्रेडिट कार्डमार्फत भुक्तानी गरेर आˆनो खातामा १५ प्रतिशत वा अधिकतम् ५०० रुपैयाँसम्म नगद फिर्ता हुने योजना ल्याएका छन् ।

वाउ वेनस्डे योजनाअन्तर्गत यी बैंकका भिसा डोमेस्टिक कार्ड वाहकहरुले भाटभटेनी सुुपरमार्केटका देशभरीका कुुनै पनि शाखाबाट हरेक बुुधबार सामान खरीद गरेवापत अधिकतम रु ७५० सम्म गिफ्ट भौचर प्राप्त गर्न सकिनेछ ।

यो योजनाबाट सेन्चुरी बंैक, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक, कैलाश विकास बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक नेपाल , मुक्तिनाथ विकास बैंक, नेपाल बैंक, एनसिसि बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सहयोगी विकास बैंक र युुनाईटेड फाईनान्सका भिसा डोमेस्टिक कार्ड प्रयोगकर्ताहरु लाभान्वित हुने छन् ।

यस किसिमको योजनाबाट नगदरहित कारोबारलाई प्रोत्साहन हुने र सुरक्षित डिजीटल कार्ड कारोवार तीर ग्राहकवर्गहरु आकषिर्त हुुनेमा बैंकहरु विश्वस्त छन् । यो योजना जनावरी देखि अपि्रल २०१९ सम्म लागू हुनेछ ।



Rabindra Ghimire

Post a Comment

0 Comments