New templates on your Email

एनएचईका कर्मचारी आन्दोलित, एक सातादेखि काम ठप्प

१४ मंसिर,बुटवल । नेपालकै ठूलो कम्पनी भनिएको नेपाल हाइड्रो एण्ड इलेक्टि्रक लिमिटेड (एनएचई) एक सातादेखि ठप्प भएको छ । जलविद्युत क्षेत्रका उपकरण उत्पादन, मर्मत र जडान गर्ने कम्पनीका कर्मचारीहरु असन्तुष्ट भएका हुन् ।

नेपालका ठूला जलविद्युत परियोजनाको काम गर्दै आएको कम्पनीका मजदुरले तलब वृद्धि र सेवा सुविधाको माग राख्दै हडतालमा उत्रेपछि एक सातादेखि काम रोकिएको हो ।

माग सम्बोधन गर्न कम्पनी सञ्चालकले बेवास्ता गरेको भन्दै ७ गतेदेखि कर्मचारी र मजदुर हड्तालमा उत्रेका छन । हड्तालका कारण मुख्य कार्यालय बुटवलसहित देशैभरका जलविद्युत निर्माण तथा राष्ट्रिय प्रश्ाारणका ट्रान्समिसनलाइन, शवस्टेशन जडानको काम ठप्प भएको छ ।

करिब २ अर्ब बराबरको जलविद्युतको काम रोकिएको छ । अहिले कम्पनीमा कार्यरत १७८ जना कर्मचारी धर्नासहित हड्ताल गरेका छन ।

विहान ९ बजेदेखि साँझ ५ बजेसम्म बुटवलस्थित कम्पनीको मुख्य कार्यालयमा कालो झन्डा कर्मचारीहरु हडताल गरेका छन् ।

कर्मचारी आन्दोलनका कारण रसुवामा सञ्चालित ५४ मेगावाटको सानजेन जलविद्युत आयोजनाको काम पनि ठप्प भएको छ । देशका जलविद्युत, राष्ट्रिय प्रशारण लाइन तथा शवस्टेशनका महत्वपूर्ण कामहरु एक सातादेखि ठप्प भएको हो ।

स्वदेशी र विदेशी कम्पनीको लागानी रहेको कम्पनीको काम ठप्प हुँदा पनि लगानीकर्ताहरुले कर्मचारीको मागप्रति व्यवस्थापन पक्ष असहिष्णु देखिएको कर्मचारीहरुको आरोप छ ।

समग्र उद्योग ट्रेड युनियन नेपाल हाइड्रो एण्ड इलेक्टि्रक लिमिटेड र अखिल नेपाल औद्योगिक मजदुर युनियनले आन्दोलनको नेतृत्व गरेका छन ।

माग पूरा नभएपछि हड्तालमा -मजदुर नेता

गत असार २७ गतेदेखि तलब वृद्धि र सेवा सुविधाको माग गर्दै व्यवस्थापनलाई जानकारी गराउँदै आएपनि आफूहरुको माग पूरा नभएपछि बाध्य भएर हड्तालमा उत्रिएकोले काम रोकेर आन्दोलनमा उत्रनुपरेको मजदुर नेता भुवन गिरीले बताए । नेपालकै ठूलो हाइड्रो पावर कम्पनीले श्रमिकको भावनालाई बुझ्न नखाजेको उनको भनाइ छ ।

२ वर्षदेखि आफूहरुको कुनै पनि सेवा सुविधा वृद्धि नभएकोले व्यवस्थापन समक्ष बृद्धिको प्रस्ताव लैजादा उल्टो श्रम ऐनले तोकेको नियम विपरित सुविधा घटाउन उद्धत भएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको अर्का मजदुर नेता अमितबहादुर आचार्य क्षेत्रीले बताए ।

श्रम ऐन २०७४ को दफा १७८ को उपदफा ३ बमोजिम खाइपाई आएको सेवा सुविधा कटौती गर्न पाईदैन । तर, कम्पनीले भने मजदुरलाई हतोत्साही बनाउने गरी सेवा सुविधा वृद्धि गर्नुको सट्टा कटौती गर्न खोजेकाले सरकारी नीतिकैविरुद्ध कम्पनी गएको कर्मचारी क्षेत्रीको आरोप छ ।

कर्मचारी  र मजदुरले कर्मचारीले खाइपाई आएको तलबमा ५ हजार, महगी भत्ता ३ हजार ५ सय गरी ८ हजार ५ सय वृद्धि गर्नुपर्ने, महंगी भत्ता वाहेक अन्य शीर्षकमा खाइपाई आएका भत्ताहरु शत प्रतिशतले बृद्धि हुनुपर्ने, कम्पनीभित्र क्यान्टिन व्यवस्थ्ा गनुपर्ने, कारखाना जोखिम भत्ताको व्यवस्था गर्न माग गरेका छन ।

कर्मचारीलाई आवासको व्यवस्था, सम्पूर्ण कर्मचारीलाई कम्पनीको शेयर सहुलियत दरमा उपलब्ध गराउनुपर्ने र कार्यालयको ड्रेस समान बनाउन व्यवस्थापन समक्ष राखेका छन ।

माग पूरा नभए आन्दोलन नरोक्ने अर्का मजदुर नेता पदमराज रिजालले बताए । श्रम मन्त्रालयको पहलमा वार्ता हुँदा पनि लगानीकर्ताहरु मजदुरको माग सम्बोधन गर्न इच्छुक नरहेको उनले बताए ।

व्यवस्थापन पक्षले भने कर्मचारीको मागमा सम्झौता हुनुपर्ने बताउँदै आएको छ । श्रम ऐनले तोकेको भन्दा धेरै पारिश्रमिक दिदै आएको र हालको नयाँ कानूनका कारण पनि कर्मचारीका सबै माग पूरा गर्न नसक्ने कम्पनीका नायव महाप्रबन्धक केशव खकुरालले बताए ।

उनले भने -‘न्यूनतम ३ हजार २ सय सम्म वृद्धि गर्न सक्छौं ।’ उनले कर्मचारीहरुलाई वार्तामा आएर समस्या समाधान गर्न आग्रह गरेका छन ।

नेपालमै जलविद्युतमा ठूलो कम्पनीको रुपमा नेपाल हाइड्रो इलेक्टि्रक लिमिटेडलाई लिने गरिन्छ । कम्पनीका निवर्तमान अध्यक्ष विजयबहादुर श्रेष्ठले सहमतिकै आधारमा टुंग्याउनुपर्ने बताउँछन ।

उनले प्रतिस्पर्धाको अवस्थामा कर्मचारीहरुले एकाएक हड्ताल गर्दा यसले कसैलाई हित नगर्ने बताए । ‘सहमति गर्नुपर्छ, त्यसका लागि हामी प्रयासरत छौं,’ उनले भने ।

नेपाल हाइड्रो एण्ड इलेक्टि्रक लिमिटेडको अबस्था

२०३४ सालमा बुटवल इञ्जिनियरिङ वर्कसपको रुपमा स्थापना भएको यो कम्पनी २०४२ सालमा नेपाल हाइड्रो एण्ड इलेक्टि्रक लिमिटेड -एनएचई) को रुपमा स्थापना भएको थियो ।

करिब १४ करोडको लगानीमा स्थापना भएको यो कम्पनीको अहिले ४ अर्वको भौतिक सम्पत्ति छ । बुटवलमा १५ बिगाहा जमीनमा आधुनिक संरचना छ । बुटवल पावर कम्पनीको सबैभन्दा धेरै ५१.३१ प्रतिशत शेयर छ ।

आईकेएन आई नर्वेको ४६.९०, बुटवल टेक्निकल इण्डटि्रजको १.०७ र हिमाल हाइड्रोको ०.७१ प्रतिशत शेयर छ ।

यो कम्पनीले १ मेगावाट क्षमताको तिनाउ जलविद्युत आयोजना शुरुमा गरेको थियो । यसले ५ मेगावाट (अहिले ९ं५ मेगावाट)को आँधीखोला, १२ मेघावाटको झिमरुक, ६० मेघावाटको खिम्ती जलविद्युत आयोजना सम्पन्न गरेको थियो ।

यसैगरी १४४ मेघावाटको कालिगण्डकी र ३६ मेघावाटको मध्यमस्र्याङदी जलविद्युतमा कम्पनी सहायक भएर काम गरेको छ । यसका अतिरिक्त शवस्टेशन, पुल निर्माण र ठूला जलविद्युत उपकरणमा काम गर्दै आएको छ ।



onlinekhabar2

Post a Comment

0 Comments