New templates on your Email

सगरमाथा क्षेत्रबाट संकलित ३० टन फोहोर काठमाडौं ल्याइयो

१४ असोज, काठमाडौं । सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट संकलित ३० टन फोहोर एयरलिफ्ट गरी काठमाडौं ल्याइएको छ । सगरमाथा क्षेत्रबाट संकलित प्राकृतिक रुपमा नष्ट नहुने १०० टन फोहोर हटाउने लक्ष्यका साथ मार्च यता ३० टन फोहोर काठमाडौं ल्याइएको छ । एयरलिफ्ट गरी काठमाडौँ ल्याइएका फोहोर रिसाइकल गरिनेछ ।

सोलुखुम्बुको खुम्बु पासाङ गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालय क्लव र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडिपीसँगको साझेदारीमा यती एयरलाइन्स-तारा एयरले सगरमाथाको फोहोर काठमाडौं ल्याइरहेको छ ।

सन् २००८ देखि सुरु सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन र पर्यावरण जागरण प्रति केन्द्रित सीएसआर कार्यक्रमकै निरन्तरता स्वरुप २०१८ मा पनि फोहोर एयरलिफ्ट गर्ने काम भइरहेको यती एअरलाईन्स-तारा एयरका प्रमुख कार्यकारी अधिकृत उमेश चन्द्र राईले जानकारी दिए ।

विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा गएका पर्यटक र आरोहीले फ्याँकेका फोहोर संकलन गरेर जम्मा गरी जहाजमार्फत रिसाइकलका लागि काठमाडौं ल्याइने उनले बताए ।

यसवर्ष १७ मार्चमा एक कार्यक्रम आयोजना गरी सगरमाथा क्षेत्रका विभिन्न संकलन केन्ऽहरूमा जम्मा भएका फोहोर मैलाको मात्रा र तिनलाई व्यवस्थित गर्न तोकिएको एक निश्चित समयको जानकारी दिइएको थियो । सो कार्यक्रम भएकै दिन लगभग ५ हजार किलो फोहोर एयरलिफ्ट गरिएको थियो ।

यती एयरलाइन्स-तारा एयरले विशेषतः जिम्मेवार खपत र उत्पादन (एसडीजी १२), जलवायु परिवर्तन (एसडीजी १३), जैविक विविधताको खपत (एसडीजी १५) र साझेदारी (एसडीजी १७) सम्बन्धित दिगो विकास लक्ष्य (एसडीजी) प्रतिको आˆनो प्रतिवद्धताको रूपमा सगरमाथा क्षेत्रबाट २०१८ मा १०० टन फोहोर हटाउने महत्वाकांक्षी उद्देश्य तय गरेको प्रमुख कार्यकारी अधिकृत राई बताउँछन् ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष तथा उपसभापति निम दोर्जी शेर्पाले फोहोर यो कार्यले सगरमाथा क्षेत्रको संरक्षण र दिगो पर्यटन प्रचारका लागि धेरै मद्दत पुग्ने बताए ।

एसपिसिसीसँगको सम्झौता अन्तर्गत सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) नामक एक स्थानीय पर्यावरणीय संरक्षण संगठन र हिमालय क्लब लुक्लाले सगरमाथा क्षेत्रमा फोहोर संकलनका लागि समन्वय गर्दै आएका छन् । यस्तै ब्लू वेस्ट टुभ्याल्ाु, काठमाडौँको एक रिसाइक्लिङ कम्पनीले त्यस फोहोर रिसाइकल गर्ने जिम्मा पाएको छ ।

संकलन भएका फोहोरमा प्रायः बियरका खाली बोतल र क्यान, खाली खाद्य सामाग्रीका टिन र ट्रेकिङका उपकरणहरु रहेका छन् । सन् २०१७ मा लगभग ४६ हजार पदयात्री सगरमाथा आधार शिवीर क्षेत्रमा पुगेका र ७ सय पर्वतारोही सगरमाथा आरोहणका लागि गएको तथ्याकं छ ।



Bishal Sapkota

Post a Comment

0 Comments