New templates on your Email

पकाहामैनपुरमा माध्यामिक तह अध्ययनरत ५९ छात्रालाई साइकल वितरण

१५ भदौं, वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिकामा उच्च शिक्षा अध्ययनरत ५९ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ । स्थानीय राम चरित्र भगत माविमा अध्ययनरत ५९ जनालाई गाउँपालिकाले साइकल प्रदान गरेको हो ।

विद्यालय जान सहज होस् भन्ने उद्देश्यले माध्यामिक तहमा अध्ययनरत छात्राहरुलाई चार लाख रुपैयाँमा खदिर गरिएका साइकल गरिएको गाउँपालिका प्रमुख विजयकुमार चौरसियाले जानकारी दिए । ‘अहिले कक्षा ११ र १२ मा अध्ययनरत ५९ जनालाई साइकल वितरण गरेका छौं,’ उनले भने, ‘५/६ जना छुटेको भन्ने कुरा आएको छ उनीहरुलाई पनि छिट्टै साईकल खरिद गरेर दिन्छौं ।’

टाढा टाढाबाट छात्राहरु उच्च शिक्षा अध्ययन गर्न पैदल आइरहेको देखेपछि साइकल किनेर प्रदान गर्ने सोच बनेको प्रमुख चौरसियाको भनाइ छ । ‘तराई मधेसको समाजमा छोरालाई जसरी छोरीलाई हेरिदैन, त्यसमाथि गरीबका छोराछोरीहरु नै ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका छन्,’ उनले भने, ‘टाढाबाट आउन जान समय लाग्ने हुँदा पढाइमा नकारात्मक असर परिरहेको देखेपछि शिक्षामा सुधार ल्याउन साईकल दिने सोच बनाइएको हो ।’

साइकल भएपछि विद्यालय आउन जान सहज हुने र पढाइमा सुधार आउने विश्वास लिइएको उनले बताए ।

चालु आर्थिक वर्षभित्रै गाउँपालिकाका कक्षा ९ र १० मा अध्ययनरत सबै छात्राहरुलाई साइकल दिने तथा डोम र मुसहर समुदायका बालबालिकाहरुलाई निःशुल्क पोशाक, कापिकलम, झोला वितरण गर्ने तयारी भइरहेको गाउँपालिका कार्यालयले जनाएको छ ।

गाउँपालिकामा एउटा मावि, २ वटा आधारभूत विद्यालय गरी १६ वटा विद्यालय छ भने कतिपय गाउँबाट छात्र छात्राहरु नजिकैको अर्को गाउँपालिकाको विद्यालयमा गएर पनि अध्ययन गर्दै आइरहेका छन् ।



onlinekhabar2

Post a Comment

0 Comments